क्रिकेटखेल

क्यानले सार्वजनिक गर्यो नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका

नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।

नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ ।

त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ । यसै गरी क्यानले आफ्नो खेलतालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ ।

क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.