नारायणकाजीको टिप्पणी- पार्टीले आवश्यक ठानेरै संसदमा पठाउन लाग्यो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्रीनारायणकाजी श्रेष्ठले पार्टीले संसदमा रहेर काम गर्न आवश्यक देखेकाले आफू उम्मेदवार बनेको प्रतिक्रिया दिनुभएको छ । आइतबार पोखरामा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएपछि उहाँले सो कुरा बताउनुभएको हो ।
सत्तारुढ दलभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा भैरहेको विवादप्रति पत्रकारहरुको प्रश्नको जवाफमा उहाँले सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने बताउँदैसभामुखको उम्मेदवार चयन गर्दा पूर्वएमाले र पूर्वमाओवादी भननिने पनि बताउनुभयो ।
श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेल् राजीनामा दिएपछि बल्ल पार्टीले सभामुखमा उम्मेदवारी दिन पाउने भन्दै उपसभामुखले सहज रुपमा राजीनामा दिने विश्वास व्यक्त गर्दै भन्नुभयो ‘सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ, । त्यसपछिमात्र संविधान संवत ढंगले पार्टीले दाबी गर्न मिल्छ ।’
प्रतिक्रिया राख्नुहोस्