विश्व समाचार

नयाँखाले कोरोना संक्रमण तीब्रगतिमा बढ्न थालेपछि फेब्रुअरी १५ सम्म लकडाउन

कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमितको संख्या दैनिक ५० हजार पुग्न थालेपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ । जनवरी ५ बाट लागू हुने लकडाउन फेब्रुअरी १५ सम्म रहने बताइएको छ ।

सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए । संक्रमण र मृत्यु बढेपछि लकडाउन घोषणा गरिएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार टेलिभिजन सम्बोधनमार्फत पछिल्लो समय बेलायतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर राष्ट्रव्यापी लकडाउनको घोषणा गर्नुपरेको बताउनुभयो ।

सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोना भाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताउनुभयो ।

लकडाउनका बेला मेडिकल र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन। अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने छ । प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन् । एकअर्काको घरमा पाहुना लाग्न जान रोक लगाइएको छ । टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट, बार खोलिने छन् ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख मानिस संक्रमित भएका छन् भने ७५ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.