राजनीति

बालकोटमा ओली लामिछाने भेटवार्ता

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछाने ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको बताउनुभयो ।

नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम तीब्रगतिमा अघि बढाउन दवाव दिने उद्देश्यले सभापति लामिछानेसहितको टोलीले सो सडक खण्डको पैदलयात्रा गरेको थियो ।

यसअघि गत बुधबार रास्वपाको केन्द्रीय पूर्वाधार विकास विभागले काठमाडौं पोड्वे प्रालिका प्रतिनिधिलाई कार्यालयमै आमन्त्रण गरी दिगो यातायात पूर्वाधारअन्तर्गत पोड्वे यातायात प्रणालीको सम्भावना र चुनौतीबारे छलफल गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.