राजनीति

जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरूरी रहेको बताउनुभएको छ ।

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

शनिबार माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उहाँले जनकपुरधाम महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रका रूपमा रहेको यातायात क्षेत्र र कार्यरत मजदुरको अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विगतमा आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गर्नुभयो ।

यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.