साहित्य

सुरभि साहित्य प्रतिष्ठानमा चालिसे र पौड्यालका कृति विमोचित

काठमाडौंको गोकर्णेश्व ८ मा अवस्थित सुरभि साहित्य प्रतिष्ठानमा दुई कृतिको विमोचन गरिएको छ । शनिबार प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा ती कृति विमोचन गरिएको हो ।

वरिष्ठ कथाकार तथा हास्यव्यङ्ग्यकार नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा साहित्यकार विजय चालिसेको जापानी कथाहरूको अनुदित सङ्ग्रह ‘अभिशप्त रात’ र बाजुराम पौडेलको ‘मखमली’ उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा चर्चित समालोचकद्वय गोपी मैनाली र ठाकुर शर्मा भण्डारीले क्रमशः अभिशप्त रात र मखमली कृतिको गहन समीक्षा गर्नुभएको थियोे । त्यस्तै साहित्यकार माधव भण्डारी, युवराज मैनाशी, बाजुराम पौडेल, गोविन्द घिमिरे लगायतले बोल्नुभएको थियो ।

चालिसेको ५७ औं कृतिका रुपमा जापानी कथाहरुको नेपाली अनुवाद “अभिशप्त रात” प्रकाशित भएको हो । संग्रहमा १३ कथा तथा ४ लघुकथा कथाहरु समेटिएका छन् ।

यस कृतिमा जापानी लघुकथाका जनक मानिने नोबेल पुरस्कार विजयीद्वय सातोमी तान र कावासाता यासुनारीदेखि अकुतावा यनोसुके, ओसाबुु डनजी, मियेइ ओगावा, ओसामु दाजाई लगायत केही नयाँ कथाकारको कथा संग्रहित गरिएको छ । यी कथा जापानमा मात्र नभएर विश्वकथा परम्पराकै विशिष्ट हस्ताक्षर मानिएका छन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, ध्रुव मघुधिकर्मी, उदय निरौला, बमबहादुर जिताली, कणाद महर्षी, विमल भौकाजी, ललिता दोषी, ईश्वरीप्रसाद लामिछाने, मुरारी सिग्देल, केशव जोशी लगायत विभिन्न स्रष्टाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.