राजनीति

स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गृहमन्त्री लामिछाने

आइतबार उहाँविरुद्ध ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित अदालतमा मुद्दा दायर भएको हो । उक्त सहकारी ठगीमा रवि संलग्न रहेको प्रहरी निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सो बिगोदाबीसहित मुद्दा दायर गरेको हो ।

त्यस्तै स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ भने सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ ।

उक्त सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन् भने केही प्रतिवादीहरू कास्की प्रहरीको हिरासतमा रहँदा केही भने फरार छन् ।

यी हुन् स्वर्णलक्ष्मी सहकारी अनियमितताका प्रतिवादी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.