जापानसूचना/प्रविधि

एनआईटिभी टेलिकमको ह्यापी प्लान सार्वजनिक

एनआईटिभी टेलिकमले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नेपाली तथा विदेशी नागरिकहरुलाई लक्षित गरेर जापान प्रवेश गरेसंगै मासिक निकै सस्तो बिल आउने सिम दिने योजना सार्वजनिक गरेको छ ।

ह्याप्पी क्याम्पियन नाम राखिएको यो प्लानबाट एनआईटिभी टेलिकममा आबद्ध हुने नयाँ ग्राहकहरुका साथै पुराना ग्राहकहरुले पनि सुविधा लिन सक्नुहुने छ ।

१ देखि ५० जीबीसम्मको डाटा

जापानमा लामो समयदेखि टेलिकम सेवा प्रदान गर्दै आएको एनआइटिभीले #1GB-GB-8GB-20GB-40GB-50GB सम्मको नयाँ योजना पनि सार्वजनिक गरेको छ । १जीबी-९९९ येन देखि  ८जीबी-१७९९ ,२० जीबी-२३९९ , ४०-जीबी ५०९९ , ५०-जीबीको ४५९९ आउने गरि नयाँ प्लान आएको छ ।  सिम संग नयाँ आइफोंन, एण्ड्रोइड फोन समेत किस्ताबन्दीमा लिन सकिने कम्पनीले जनाएको छ ।

जापानका AU,SOFTBANK,DOCOMO,YMOBILE,UQ, RAKUTEN लगायतका कम्पनीमा कालोसूचीमा रहे पनि, क्रेडिट कार्ड नभए पनि, भिसा अबधि कम भए पनि ग्राहकले प्रक्रिया पूरा गरी सिम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

पुराना ग्राहकलाइ समावेश

एनआईटिभी टेलिकमको सिम प्रयोग गरिरहनुभएका निश्चित ग्राहकहरुले पनि नयाँ प्लानमा परिबर्तन गर्न सकिने भएको छ ।

कम्पनीका म्यानेजर रिद्दी तुम्हाबाहान्फेका अनुसार पहिलेदेखि एनआइटिभीको सिम प्रयोग गरिरहेकाहरुले पनि ह्याप्पी प्लानमा परिवर्तन गर्न चाहेमा निश्चित प्रक्रिया पुरा गरी परिवर्तन गर्न सकिने छ ।

उहाँले बजारमा उपलब्ध सबै सिम कम्पनीको भन्दा सस्तो प्लान लन्च बताउँदै जापानमा रहेका नेपाली समुदाय लगायत सबै विदेशी वा जापानीले यो सेवा लिन गर्न सक्नेछन् ।

नोरीखाए गरेर आउन सकिने

ह्यापी प्लानमा तपाई आफ्नो अहिले प्रयोग गर्नु भएको सिम कम्पनीबाट उही नम्बर नोरिखाए गर्न सक्नुहुन्छ । जसका लागि तपाईले अहिले प्रयोग गर्नुभएको सिम कम्पनी मार्फत नोरिखाए नम्बर लिएर हामीलाई सम्पर्क गर्नु पर्नेछ ।

AU,SOFTBANK,DOCOMO,YMOBILE,UQ, RAKUTEN लगायत जुनसुकै कम्पनीबाट सस्तो प्लेनमा नोरिखाए गर्न सक्नुहुनेछ । नेपालबाटै मोबाईलको सिम बुक गरेर जापानको बस्ने ठाउँमै सिम डेलिभेरी हुने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागी OFFICE : 03-5650-5430 MOB: 080-4949-6383(VIBER/WHATSAPP) मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.