जन सरोकार
सिजाङ भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ,“म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।”
अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्