जन सरोकार

सर्लाहीका मिटरब्याजी रामबाबु पक्राउ- मिटरब्याज पीडितहरु न्याय माग्दै काठमाडौंमा

सर्वसाधारणलाई ऋण दिंदा चर्को ब्याज असुल गरेको, ऋण बुझाइसक्दा पनि कपाली तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टिबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता उजुरीपछि सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ परेका छन् ।

यादवसँग ऋण लिएर पीडितहरून्याय माग्दै काठमाण्डौं पुगेको भोलिपल्टै प्रहरीले यादवई पक्राउ गरेको हो । यादवको ठगीको गुनासो बोकेर ५० जना भन्दा बढी पीडित काठमाडौं पुगेर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाई दिन माग गरेका छन् ।

त्यसै गरी अर्का मिटरब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय साह रौनियारबाट पीडित भएकाहरू पनि न्याय माग्दै काठमाडौं पुगेका छन् । सर्लाहीका मिटरब्याजी श्याम परदेशी पीडितहरु न्याय माग्दै काठमाडौं पुगेको एक महिनापछि मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडितहरु पनि सङ्घीय राजधानी नै पुगेका थिए ।
पीडितको उजुरीका आधारमा सर्लाही मलङ्गवा निवासी मिटर ब्याजी श्याम परदेशी अहिले पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।

यादवलाई वुधवार बिहान सर्लाहीको हरिपुरबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याइएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.