राजनीति

ओलीसंग संवाद गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनको सुझाव

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गर्नुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालाई प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा संवाद गर्न सुझाउनुभएको उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीसँगको संवादपछि हुने प्रतिक्रियाका बारेमा गठबन्धन दलको बैठकमा थप छलफल गरेर अघि बढ्ने बैठकमा सहमति भएको छ । एमालेले आफ्ना केही माग राखेर संसद्को चालु अधिवेशनको प्रारम्भदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमासमेतमा छलफल भएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार तय गरी उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.