राजनीति

पूर्वराष्ट्रपति भण्डारीद्वारा चिनियाँ जनतालाई समवेदना व्यक्त

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार गएको शक्तिशाली भूकम्पका कारण ठूलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएको र भौतिक पूर्वाधारको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले दुःखको यस घडीमा चीनका राष्ट्रपति सी चिनफिङ, चीन सरकारमार्फत भूकम्पमा परी ज्यान गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

“दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ । छोटो समयमै घाइतेहरूको उपचार र उद्धार कार्य पूरा भई जनजीवनलाई सामान्य बनाउन चीन सरकारलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु”, पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.