राजनीति
प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोकाकुल परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
“यस कठिन घडीमा नेपाल आफ्नो छिमेकी मुलुकको साथमा दृढतापूर्वक रूपमा उभिन्छ । हाम्रो समवेदना र प्रार्थना तपाईंहरूसँगै हुनेछन्”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्