राजनीति

गणतन्त्रको अभ्यास नेपालबाटै भएको हो : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले विश्वमा गणतन्त्रको अभ्यास नहुँदै शदियौं पहिले कपिलवस्तु लगायतका क्षेत्रमा गणतन्त्रको अभ्यास भैसकेको बताउनुभएको छ ।

नयाँ निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै डा. राउतले उपरोक्त भनाई राख्नुभएको हो ।

उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।”

अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पुर्याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गर्नुभयो ।

“आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु”, उहाँले भन्नुभयो ।

नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.