राजनीति

“नेपालको सार्वभौमिकता संविधानका पृष्ठको एक आलङ्कारिक पदावलीमा सीमित हुने खतरा”

नेपालस्थित भारतीय दूताबासले सामुदायिक स्तरमा २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउने गरी भएको सम्झौता नेपालका लागि घातक हुने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बताएको छ ।

मोर्चाले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाल सरकार र भारत सरकारबीच उच्च प्रभावयुक्त सामुदायिक विकास योजनासम्बन्धी अनुदान सहायता संझौतामा सोा प्रावधानसहितको हस्ताक्षर सम्पन्न भएमा अपत्ति जनाउँदै सो धारणा राखेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंरको नेपाला भ्रमणका क्रममा यही पुस १९ गते अर्थ मन्त्रालयले प्रकाशित गरेकोको शिरपुछारमा नेपालको स्थानीय तहमा प्रत्येक सामुदायिक विकास योजनाले इन्डियाली दूतावासबाट अधिकतम २० करोड रूपैयाँसम्म अनुदान सहायता पाउने सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव र भारत सरकारका तर्फबाट नेपालका लागि इन्डियाली राजदूतले हस्ताक्षर गरेको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, नेपाललाई धेरै मित्रराष्ट्र र छिमेकी देशहरूले अनुदान सहायता गरेको सन्दर्भमा इन्डियाली सरकारले पनि आर्थिक सहयोग गर्नुलाई अन्यथा भन्न मिल्दैन, तर नेपालका सबै स्थानीय निकायमा भारतलाई समानान्तर सत्ता चलाउन दिनुपर्ने सरकारको बाध्यता के हो भन्ने प्रश्न जनतामाझ उठिरहेको छ ।

मोर्चाले यस्तै हो भने भोलि नेपालका सातै प्रदेशमा प्रत्येक परियोजनामा बीस अर्बसम्म खर्च गर्नपाउनुपर्ने प्रस्ताव इन्डियाले अवश्य गर्नेछ, अनि त्यतिबेला नेपालले के जबाफ दिने भन्दै प्रश्न गरिएको छ ।

मोर्चाले अनुदान सहायताले पैसाको बल र प्रलोभनमा नेपालका स्थानीय निकायहरू नेपाल सरकारप्रति होइन, भारत सरकारप्रति आशावादी हुने अवस्था आई नेपालका सबै स्थानीय निकायमाथि अनियन्त्रित प्रभाव कायम हुने दुर्घटनाग्रस्त परिस्थिति उत्पन्न हुनसक्ने र नेपालको सार्वभौमसत्ता संविधानका पृष्ठको एक आलङ्कारिक पदावलीमा सीमित हुने आशंका व्यक्त गरेको छ ।

यसै गरी मोर्चाले भारत सरकारसँग गरिएको यो सम्झौता नेपालको संविधानको धारा ५१ घ (११)को प्रतिकूल रहेकाले पूर्णतः असंवैधानिक देखिन्छ र यसले नेपाली जनताको स्वाभिमान र आत्मसम्मानलाई कुनै पनि हालतमा माथि उठाउन नसक्ने ठहर गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यति गम्भीर र संवेदनशील विषयमा सरकारको प्रतिपक्ष मौनव्रती देखिनु अत्यन्तै शङ्कास्पद छ । आफूलाई नेपालको एकमात्र राष्ट्रवादी शक्ति भएको दम्भ गर्ने राजनीतिक पार्टी नसुनिने स्वरमा प्रस्तुत हुनुले मुलुकको सार्वभौमसत्ता दिउँसै सङ्कुचित हुनपुगेको आभास भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसप्रति सचेत रहन सम्पूर्ण नेपाली जनतासमक्ष हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.