प्रकृतिले सबैभन्दा बढी दुख दिने देश जापान । हरेक बिपत्तिलाई अबसरमा बदल्ने देश जापान सन् १९४५ को दोस्रो विश्वयुद्धमा अमेरीका संग हारेपछी आज सम्मको छोटो जापानको यो तस्विर । अव हेरौ फेरी पनि कसरी कोरोनालाई पनि जितेर जापान लाई उभ्याउछ । एकताका संसार भरै साम्राज्य जमाएको देश जव अमेरीकाको मानव घातक आंणवीक बम हिरोसिमा नागासाकीमा खसालेर मिनेट भरमै धवस्त पारीए संगै, त्यति खेरको शासकले जापानीज जनता संग माफ माग्दै हार स्वीकार गरी अमेरीका संग अपमानपूर्ण सन्धी गर्नुपरेको थियो । त्यसपछी सारा जापानीज एक भएर पिडालाई शक्तीमा बदली सबै पुन निर्माणमा लगातार लागि रहे । प्रधानमन्त्रीय शासन व्यवस्था, सामाजीक अर्थनीति, जनता उत्पादनमा पूर्ण लगनसिल भई लगातार समृद्धिको बाटोमा लम्किरहेको छ ।
राजनीतिज्ञको महत्वपूर्ण भूमिका अवस्य भएपनि कर्मचारीले नै शसक्त भुमिका खेल्ने बलियो राज्य व्यवस्था बनाएका छन । सरकार परीवर्तनले खासै प्रभाब नपारे पनि तत्काल देखिएको आर्थिकमन्दी बाट माथी उठ्न भने तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले अघि सारेको आबेको मिक्स अर्थनीति अर्थात् “आबेनोमिक्स” राम्रो मानियो र तत्काल नया प्रधानमन्त्री सुगाले यहि नीतिबाट राज्यसंचालन गर्नुभएको छ । हिजोका हस्ति प्रधानमन्त्रीहरू जुयिचिरो कोइज़ुमी, खाकुएइ तानाका झन शसक्त थिए, आज सबै जापनिजले सम्झिरहन्छन् ।
सधै भुकम्प र चुनामी संग संघर्ष गर्दै चुनौतीहरू पार गर्दै कतै प्रकृतिलाई पनि बसमा राखेको त छैन भन्ने प्रश्न गरौगरौ जस्तो खुल्दुली पक्कै म भित्र भएपनि, प्रकृति भन्दा शक्तिसाली छु भनेर मानवले कहिले पनि सोच्नु हुन्न भन्ने कुरामामा दृढ बिस्वास राख्दछु । यसै क्रममा म आफैले भोगेको त्यो कालो दिन थियो टोकियो बाट दिउसो १२ बजे रेल चडेर नजिकैको गुम्माकेन पिर्फेक्चरमा कामकै सिलसिलामा पुगे । जव रेलबाट झरेर बाहिर जमिनमा हिड्दै थिए एक्कासी आकाशे रेलको लिग ठुलो आवाज संगै हल्लियो किन होला सोच्दै थिए ! जमिन पनि हल्लियो र म ठिंग उभ्भिनै सकिन । खासै ठूलो भुकम्पको अनुभव नभएर होला दंगपर्दै के होला भन्दै वरीपरी सोधेको भुकम्प हो भनेपछि खुब डर लाग्यो र तुरून्तै मेरो ग्राहकलाइ फोन गर्न प्रयास गरे फोनले काम गरेन । त्यतिखेर दिउसोको ठिक २:४८ बजेको थियो । (2011.3.11.2:48pm-7.5 rectors ) दिउसो चार बजे मात्र भेट भयो तर बिजनेसको कुरा गर्न सकिएन । ग्राहकले संगै दुख-सुख बसौ भनेपनि म टोकियो फर्कने प्रयासमा उहासंग बिदाभइ लगभग एक घन्टा हिडेर बजार तिर फर्किए । रेल त चल्ने कुनै सम्भाबनै थिएन । होटल सब वुक भइसकेका थिए । चिनजानका साथीहरू पनि टाढा टाढा कसो गर्ने होला सोच्दा सोच्दै राती भईसक्यो । अबेर सम्म खोल्ने रेस्टुरेन्ट खोज्न थाले । गाउ भएकाले सुरूमा केहि पसलहरूले बिदेशी म एक्लो देखेर होला हुदैन भने । अन्त्यमा एक जना आमाले हुन्छ भन्नुभयो । म जत्रै छोरो भएकी ति आमा फ्रान्समा कयौ बर्ष पहिले बसेको हुदा बिदेशिको पिर मर्का बुझ्छु भन्नु भयो । मलाई त साच्चै भगबानको घरै मिले जस्तो भयो । जिन्दगीमा कहिले पनि नबिर्सीने यो कहानी, संकटमा मानवताको सुन्दर पक्ष जापानमा अनुभव गर्न पाए । केहि समय पछि त्यति खेर नेपाली साथीहरूले व्यक्तिगत, व्यवसायी, संघ, संस्थाको नामबाट जापानीजको पिडामा मलम लगाउने ठूलो उदारणीय काम गर्नु भएको थियो । पालैपालो खाना पकाएर खुवाउने काम गर्नु भएको थियो । जापानीजहरू सम्झीरहन्छन् ।
भुकम्प, चुनामीको घट्ना क्रमले बिजनेस कम हुदै जादा जापानको बिजी लाईफबाट थोरै छुट पाएको अनुभव भयो । जापानीज स्कुलमा फुड कल्चर सम्बन्धी अध्ययन गर्न स्कुल जाने सोच बनाए र यसै क्रममा बिभिन्न जापानका ठाउहरू घुम्दै गर्दा, जापानले हरेक दुखमा एक स्टेप माथी उठेर आएको कहानी जहा-जहा जान्छु त्यहाका स्थानीय बासीन्दाबाट सुन्छु । कुनै बेला चामल कम हुदा मुला काटेर मिसाएर भात पकाएर चट्नी संग मात्र खानु पर्ने स्थीती सम्म पुगेका थिए रे !! जुन वेला नेपालमा चामल सहयोगको लागि बाहिर पठाउने हैसियत थियो । कुनै वेला खाध्यान्न संकटमै परेका जापानीज आज लगभग सबै नागरीकले मनपर्ने खाना खान सक्ने हैसियतमा वनाएका छन् । मन परेको वेला मन लागेको खानेकुरामा लगभग सबै सौखिन छन् । जति सौखिन छन् त्यतिनै मेहनती पनि छन् । यो नै मुल कारण हो जापानीज शान्त स्वभाबका हुन्छन् ।
यसै घुम्ने क्रममा २०१२ सालमा फुकुसिमा, सेन्दाई, आवमोरी आएको थिए । तर फुकुसिमाको पहाड एरीया आएको थिईन । २०२० सालको कोरोना समस्याले पहाड एरीयामा मानिस पनि कम भइ सुरक्षीत हुन्छ भनेर २ दिनको समय लिएर प्राईभेट गाडिमै घुम्न २०२० नोभेम्बरमा आएको थिए । यि अनुभव लेख्दै गर्दा जापानमा नयॅा बर्स २०२१ को लामो बिदा सकिएको छ । घर सरसफाई र बच्चाकाल देखि रहेको पुरानो बाबा आमाको घर गएर साथी, परीवार संग आनन्दले मनाउने गर्छन् । यसपाली कोरोनाले त्यस्तो रहेन, आज ८ तारीक बाट कोरोनाको व्यापक संक्रमण फैलिए पछी एक महिनाको लागि फेरी आपतकाल घोषणा गरेको छ । यसै फुर्सदको समय सदुपयोग गर्दै सामाजीक गन्थन, अनुभव लेख्ने प्रयास गरेको छु ।
२०२० नोभम्वरमा फुकुसिमा एरीयाको एउटा पहाडलाई क्यामेराले हेर्दै थिए, क्यामेरा लेन्जबाट एउटी बुढी आमा एउटा हातमा लौरी र अर्को हातमा झोला लिदै टुक्रू टुक्रु हिड्दै ओरालो बाटो झर्दै हुनुहुन्थ्यो । मेरो क्यामेरा लेन्जले पहाड छोडेर बुढी आमालाई नै पच्छायो । ५०० मिटर टाढा रहनु भएकि बुढी आमा ठिक क्यामेराको अगाडि आएर अडिनु भयो र मन्द मुस्कानमा अभिबादन गर्नु भयो हामीले पनि मुन्टो झुकाएर अभिबादन गर्यौं । बुढी आमा भन्नु हुन्छ कता बाट आएका हौ ? हामीले भन्यौ टोकियो बाट । हामीले पनि सोध्यौ कता निस्कनु भएको ? उहाको जबाफ थियो आज खाईरानवान अरू छिमेकिलाई लाई दिन झरेकी । खाईरानवान भनेको शहर, बजार, टोलको जानकारी भएको नोटबुक हो । उहाको कुरा सुन्दा लगभग एक किलोमिटरको दुरी थियो । यति बुढी आमा तर बोल्न पनि हिड्न पनि शशक्त । मैले सोधे कति बर्षकी हुनुभयो ? उहाले प्रतिप्रश्न मलाई नै गर्नुभयो र मैले भने ६० बर्षकी । यसरी उल्टै उमेर भन्न लगाउने र भन्नेले अलि कम उमेर भन्ने जापानको कल्चर हो त्यो मलाई थाहा थियो र मैले कम उमेर भनेपछि उहा खुसी हुदै म संग नजिकीनु भयो र खुसुक्क कानमा भन्नु भयो ९६ बर्ष भए । मेरो मन मनै गरेको गेस भन्दा पनि दश बर्ष बढी थियो भने मेरो उमेर भन्दा त दोब्बर बढी । ९६ बर्षमा यसरी शशक्त कसरी होला ? सोच्न बाध्य पार्छ । यो शहरमा १०० बर्ष भन्दा बढी उमेरका मानिस धेरै नै छन् । कारण हो खानपिन, सानो तिनो काम गरीरहने, अनावास्यक चिन्ता लोभ नगर्ने, कसैको आश पनि नगर्ने, अन्तिम अवस्था सम्मपनि आफ्नो कुरा आफै गर्ने , नियमित तातो पानिमा बस्ने, व्यबस्थीत वस्थी, सुबिधाजनक बजार नै प्रमुख कारण हुन् जस्तो लाग्छ ।
ति बुढी आमाका पनि छोरा छोरी छन् नजिकै तर छोरा छोरीको भर पर्दिनन् तथापी दिनदिनै ख्याल, कस्तो छ हेर्ने चलन गाउतिर जापानमा अझै बाकी छ भने ठूलो सहरमा त मुस्किलले हप्तामा एक पटक भन्दा भेट्न पाईदैन कामको व्यस्तताले । तर यसरी भेट्न नपाउनु चाही राम्रो भने पक्कै हैन । आफ्नो कुरा आफै गर्नु एउटा महान कुरा हो भने बृद्ध बाबा आमाको ख्याल नगर्नु अर्को सामाजीक समस्या पनि हो । सकेसम्म गर्नु नसके पछी बृद्ध आश्रममा नर्स, डाक्टरको निगरानीमा राख्नेहरू जापानमा धेरै पाईन्छ । बुढी आमा आफ्नै पिन्सेन आउछ त्यहि पिन्सेनबाट पालिएकी छन् कसै संग हेप्नु पर्ने हिेनताको बोध गर्न नपर्ने। आन्नदले बुढ्यौली काटेकी छन । हामी नेपालीले यस्ता कुराहरू बाट प्रेरणा लिनु पर्छ । नेपालमा कस्तो धेरै देखिन्छ भने, छिटो बुढाबुढी हुनु पर्ने मान्यता छ । बुहारी कजाउन पाए बुढोपन भएको देखिन मन पराउने धेरै हुनुहुन्छ । शहर बजार तिर कम होला । नहिड्ने, न केही काम गर्ने बसिरहने गर्नाले छिटो बुढा बुढी भईने, अनाबास्यक रोग लाग्ने हुन्छ । संकृर्ण वुढ्यौली पन सुधारे बुढा बुढी आफैले स्वस्थ्य, आनन्दको जिवन पाउने हो । यि व्यक्तिगत समस्या भन्दापनि सामाजीक संरचनाको कमजोरी हो । बुढा बुढीलाई सामुहिक खेल जसले दिमाख र हल्का सारीरीक व्यायाम गराउने बाताबरण भए बुढाबुढी हरूपनि डिप्रेसनको सिकार हुन पर्दैन, शान्त बाताबरण बन्थ्यो नै । पक्कै पनि सामाजीक सुरक्षाको ग्यारेन्टी सरकारले गर्न भ्याएको छैन यध्यपि बृद्धभत्ता पाएपनि । यदाकदा बृद्ध भत्ता चरम गरीबी र चरम सम्बृ्द्धी परीवारमा सबैलाई एकनास बाडीनु बैज्ञानिक भने हैन हाम्रो जस्तो गरीव मुलुकमा, सरकारी पेन्सन पाउने लाई दिन जरूरी छैन । धेरै राजवस्व तिर्ने हैसियत राख्नेलाई पनि जरूरी छैन तर, अपबादको रूपमा धनि परीवारमा पनि छोराले बाबा आमालाई दुख दिएर अधिकार बिहिन पारीएको वेलाको कुरा भने अर्कै हो ।
महत्वपूर्ण कुरा के भने बृद्ध अवस्थामा बसी रहनु, चिन्तीत रहनु राम्रो हैन । आफ्नो काम आफै गर्ने, रमाईलोसंग आनन्द भएर हरेक दिन बिताउनु हुन्छ । यसै क्रममा म बुढा बुढीको फुरेआई क्लवमा गेस्टको रूपमा कयौ पटक गएपनि । फुरेआई भनेको आफुलाई मन परेको, मनलागेको कागजबाट बनाउने । यसो गर्दा वुढा वुढीको दिमागलाई राम्रो हुन्छ रे, तर आजकलको कोरोनाले गर्दा धेरै नै कम भएको छ । सतर्क भएर नै रमाईला गतिबिधीहरू जारी नै छन् । धेरै जापानका राम्रा कुरा राख्दा राख्दै नेपाल पनि जोड्न चाहे । वास्तवमा नेपालका सामाजीक सोचहरू झन राम्रा छन् जापानलाई सिकाउने खालका पनि । हाम्रो राम्रा सामाजीक सोचमा एक तर्फी उसको लागि गर्नु भन्दा पनि उ के चाहन्छ? आवस्यकता के हो ? त्यो बुझेर मात्र सामाजीक सहयोग गर्ने सके साचो अर्थमा सामाजीक सेवा हुन्थ्यो यस अर्थमा भाबना भएपनि तरिका मिलेन । हामीकहा सामाजीक सेवा आफु देखिन र देखाउनको लागि पनि गर्ने गरीन्छ । काम लिन र दिन भन्दा पनि दान लिन र दिनमा रमाउछौ । सबैमा हैन तर धेरैमा यो सोच छ की जस्तो लाग्छ । सोच बदल्नु जरूरी छ । अकस्मात भईपरी आउदा, दुखपरि आउदा हामीले देखाउने मानवीय सोच संसारमै उदारणीय खालको भने छ ।
मैले किन बारबार जापानको उदाहरण दिन किन खोज्छु भने, जापान समृद्ध मुलुक भएकाले हैन । जापानीजहरूले अंगालेका मानवीय आचरणहरू धेरै भएको महसुस गरेकाले प्राय केहि न केहि जापानको कुरा जोडेर लेखिरहेको हुन्छु । जनता आफै चेतनसिल भएर आ आफ्नो रूचीको बिषयमा अगाडि बढ्ने हो भने सबै क्षेत्रमा बिकास हुने थियो । हाम्रोमा के छ भने , बाबा आमाको रहरमा डाक्टर ईन्जिनियर हुनुपर्ने, आफ्नै रहरमा यो गर्छु यो बन्छु भनेर रोज्न नसकिदा रूची एउटा छ अर्कै विषयमा अध्ययन गर्दा राम्रो यूवा जनशक्ति उत्पादन हुन सकेन । नेता-नेत्तृ या अभिनेता-अभिनेत्तृ हुनुपर्ने । कला, आर्ट, खेलकुद र अन्यमा लाग्न मन परेपनि आर्थिक रूपमा जोडिन नसक्नाले गरीवको छोराले च्यान्स एकदम कम पाउछन् । राज्यले पनि यस्ता कुराहरूमा बिस्तारै ध्यान दिन जरूरी हुन्छ । समृद्ध हुनुभनेको हरेक क्षेत्रमा पनि बिकास हुनु हो ।
नेपालको इतिहास सुन्दा शरीर जिरीङ्ग हुन्छ भने बर्तमान नेपाल देख्दा पछुतो लाग्छ । हामीले कयौ पिडादाएक कठीनाइहरू पार गर्दै त आयौ । कयौ उथल पुथल पार पनि गरेर आयौ तर पनि राज्य संचालनमा संकीर्ण षड्यन्त्रकारी सोच पुरानै भुत बोकेर हिडीरहेका छौ । एक आपसमा स्वीकार्न नसक्ने, हार्न नखोज्ने, भाई-भाई लड्ने जस्ता निच सोचले गर्दा राजनीतिक परीवर्तन भएपनि सामाजीक, आर्थिक परीवर्तन गर्न सकिरहेका छैनौ । आजका दिन सम्म यस्तै छ । राजनीतिज्ञ लाई दोश दिएरमात्र पुग्दैन । यिनै राजनीतिज्ञहरू पनि हाम्रै समाजबाट आएका हुन् । तर पनि यसो भन्दै चित्त बुझाएर बस्ने पनि हैन । नयॅा सोच, चेतना, जागरण लिएर आउने हो भने स्वत: बिकसीत समाजमा परीणत हुन्छ । हरेक देशको राज्य संचालनमा आ आफ्नै राजनीनि, धर्म, संस्कृति, इतिहासको महत्वपूर्ण भुमिका हुन्छ । नेपालमा लामो समय राजनीति, जात, धर्मको नाममा जनता,समाज फुटाईएको छ र राजनीतिज्ञंको गोटी वनेर बस्नु परेको छ । कहिले झण्डा बोकेर, कहिले ढुंगा बोकेर त कहिले बन्दुकै बोकेर हिडाईएको छ यो २१ औ शताब्दीमा पनि । हिंसा बिरोधी बुद्धका सन्तान हामीलाई हिंसा सुहाउदैन । एक आपसमा बिश्वास, सहिष्णुता, हाते-मालो गर्दै नया नेपाल बनाउन लाग्नु पर्ने बेलामा फेरी कता कता पुरानै षड्यन्त्रको गन्ध आईरहेको छ । जनताले के सही के गलत राम्रो संग बुझेर अवको नेत्तृत्व लाई अगाडि बडाउनु पर्छ । पटक-पटक फोहोरी खेल बार-बार दोहोरीन दिनु हुदैन । यसको अर्थ कामै छोडेर सडकमा सबै आउने हैन । आ-आफ्ना रूचीका विषयमा लगनसील भई उत्पादनमुलक हुन जरूरी छ । आफ्नो अमुल्य मत मात्र प्रयोग गरेर राम्रो नेता देशको लागि गर्न खोज्ने नेत्तृवलाई जिताएर पठाउनु पनि हाम्रो दाहित्व हो । यसरी नै आधुनिक नेपालको बाटोमा हुनेछौ । बिकास एकै चोटी जादुको भरमा त हुदैन, लगातार मेहनत पछि मात्र बिकास हुन्छ । नेपालमा जव बिकासको बाटोमा, लहरमा पुगिन्छ अनिमात्र बिकासले आकार र गति पाउछ । इतिहास काल देखि कयौ बिपत्ति भोगेर पनि जापानले जस्तै शोक लाइ शक्ति र अबसरमा बदल्न सकेनौ । यो नेपालीको लागि निशन्देह दुर्भाग्य हो ।
यसो भनिरहदा नेपालमा तत्काल ३, ४ बर्षमा बिकाशको लहर भने चलेको छ । बाटो घाटो धेरै बनेका छन् । कयौ नयॅा योजना बिभिन्न ठाउमा भएका पनि छन् । अझै जनस्थरवाटै विकासको महत्वबुझाउनु पर्छ । पार्टीका जुलुसमा हैन जनतालाई बिकास कसरी हुन्छ तालिम दिन खटौ । गाउॅमा बाटो गयो तर गाउॅको खेतवारी बाझै छ, गाउका केराहरू बादरले खाएर हैरान, छिमेकी झगडाले सामुहिक कृर्षीमा विकास नहुने, यसरी त बाटोघाटो गाउगाउमा पुग्नु त, मात्रै वजारबाट सललल गाडिमा सामान किनेर गाउजानेमा मात्रै सिमित रहयो भने त्यहा बाटो जानुको खासै अर्थ हुदैन । हरेक गाउ गाउमा उब्जनीको गुणस्तर पहिचान गरेर सामुहिक कृषि गर्न जरूरी छ । फलफुल, जडिबुटी, पशुपंक्षी माछा पालन आदि-आदिमा व्यापक वृद्धी सरकाले जनतासंग साझेदारीमा या पहलमा गर्नुपर्छ । साथसाथै बजार व्यवस्थापन पनि आधुनिक खालको हुनुपर्छ । खाली राजनीतिक परीवर्तनले त सधै लड्ने, लडाउने मनस्थीतीको मात्र बिकास हुन् । हामी स्वतन्त्र जनता धेरै हुनुपर्छ । राजनीति गर्ने साथीहरू भने इमान्दार भएर राजनीतिमा निरन्तर लाग्नु पर्छ । राम्रो राजनीतिज्ञं रोज्ने आफ्नो मताधिकार प्रयोग गर्ने बाकी समय आफ्नै क्षेत्रमा इमान्दार भइ काम गर्नु पर्छ भन्ने चेतना नेपाली यूवामा आउन जरूरी छ ।
यस्ता कुराहरू वास्तवमा जापानको बिकासको इतिहास बाट केहि त सिक्न पर्छ भन्ने मान्यता छ पहिला सबै मिलेर देशको लगि सोचौ । त्यसपछी आ-आफ्ना कार्यक्रम लिएर जनता सॅग जानुपर्छ । जनताकै आदेश अनुसार देशको जिम्मा लिनु पर्छ । राम्रो गरे फेरी सरकारको जिम्मा पाईन्छ । राम्रो काम नगरे जनताले बिदा दिन्छन् । राजनीतिक, विचार बहस नराम्रा कुरा हैनन् तर बादी प्रतिबादी भएर तल्लो स्तरको गाली गलोज अनाबास्यक बहसले समय खेर जान्छ । पार्टीले पारीत गरेका कार्यक्रम, सरकारका नीति कमसेकम ५ बर्ष सबै एक भएर लाग्नु पर्छ । अवस्य जव पीर्टी नेता चयन बिधिबाट गरीन्छ, सरकार परीबर्तन चुनाव बाट गरीन्छ त्यो बेलामा मात्र दह्रो संसदीय व्यबस्थाको स्थापना भएको मानिन्छ । तर नेपालमा इतिहास काल खण्डदेखिनै बिकासमा बढी जोड नदिएर, सिस्टम, कानुनमा जोड नदिएर षड्यन्त्रबाट सत्ताहत्याउने खेलमा लागेको देखिन्छ । हिजोका राजादेखि , राणा, पञ्च, बहुदल, लोकतन्त्र जे जति आएपनि सबैको तरीका एउटै भयो । जुन जोगि आएनि कानै चिरेको भयो । यो समस्याबाट छुटकारा पाउन हामी जनताले चेतना नै बढाउन जरूरी छ बिशेष यूवा भाई बहिनीहरूले । तर विचरा भर्खरका भाई बहिनीहरूले राजनीतिज्ञंहरूले बोल्ने तल्लो स्तरको सब्द सुन्दा अवस्य नराम्रो प्रभाब पर्छ ।
आशा राखौ भोलिको सुन्दर भविष्य अवस्य नजिकै छ । यो कोरोना महामारीबाट र यसले ल्याउने आर्थीक समस्याबाट जुध्ने शक्ति हामी सवै नेपाली देश बिदेशमा रहने शक्ति मिलोस । यस्तो संकटमा परेको बेला आफ्नो अस्तिव, ज्यान जोगाउनुभन्दा ठूलो सफलता अर्को कुनै छैन । मानवप्राणी चेतनाको उच्चतम विकास भएको प्राणी भएकाले हर बखत हामी पनि एक जिम्मेवार शसक्त नागरीक बनौ ।
लेखक दिपेन्द्र अधिकारी जापानमा रहेर समसामयिक बिषयबस्तुमा कलम चलाउनु हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्