रवि, बालेन र हर्क अन्धकार भएको बेला आशाका किरण हुनसक्छन् : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, काठमाडौं मानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राम्रो काम गर्ने असल व्यक्ति भएको बताउनुभएको छ ।
थापालले सामाजिक सञ्जालमार्फत यी तीनजना असल र राम्रो काम गरौं भन्ने भावना र चाहना बोकेका व्यक्ति भएकाले खुट्टा नतान्न अनुरोध गर्नुभएको छ ।
गृहमन्त्री लामिछानेले पदभार ग्रहण गरेकै दिनदेखि गृहप्रशासन सुधार र सुशान तथा शान्ति सुरक्षा कायम गर्न अग्रसरता देखाइरहनुभएको छ भने बालेन र हर्क आफ्नो जिम्मेवारीको क्षेत्रमा अहोरात्र खटिरहेका छन् ।
आफ्नो जिम्मेवारी र भूमिकामा इमान्दार भएर काम गरिरहँदा पनि विभिन्न संचार माध्यम तथा नेता तथा अभियानकर्मीका नाममा यिनको बिरोध भैरहेका बेला थापाको उपरोक्त टिप्पणी आएको हो ।
थापाले व्यक्तिका कमिकमजोरी हुन्छन् । समयले परिपक्व बनाउँछ भन्दै रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ असल र राम्रो काम गरौँ भन्ने भावना र चाहना बोकेका व्यक्तिहरु भएको दावी गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, “चारैतिर अन्धकार भएको बेला रवि, बालेन र हर्क आशाका किरण हुनसक्छन् । यिनलाई कामगर्ने अवसर दिनुपर्छ । खुट्टा तान्ने, बदनाम गर्ने र निराश बनाउने काम नगरौँ ।”
प्रतिक्रिया राख्नुहोस्