जापान

अधिकारीको मृत्यु सम्बन्धमा सत्यतथ्य उपलब्ध गराउन ज्ञापनपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले यही जनवरी ६ मा उपचारका क्रममा निधन भएका नेपाली विद्यार्थी युनेष अधिकारीको मृत्युको सत्यतथ्य जानकारी उपलब्ध गराउन माग गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष नविन निउरे, महासचिव टीकाराम खरेलसहितको प्रतिनिधमण्डलले टोकियोस्थितत नेपाली दूताबासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीसमक्ष सो ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा अधिकारीको मृत्यु शंकास्पद रहेको भन्दै विभिन्न समाचारहरु बाहिर आइरहेका बेला एनआरएनएले मृतकका परिवारलाई सत्यतथ्य उपलब्ध गराउन अनुुरोध गरिएको हो ।

फुकुओकास्थित निसिनिहोन जापानीज भाषा विद्यालयमा अध्ययनरत सुनसीको नेपाल बराह क्षेत्र नगरपालिका वार्ड नम्बर ३ भरौल निवासी युनेष अधिकारीको मिति २०२३ डिसेम्बर ३१ तारिखकोा दुर्घटनामा परेका थिए । दुर्घटनामा परेपछि उनको यही जनवरी ६ तारिख निधन भएको थियो ।

अधिकारीको मृत्युका बारेमा दुर्घटना हुने दिनसम्म सँगै रहेका साथीहरु, मृत्यु भएको भनिएको ठाउँको जापान प्रहरीलाई प्राप्त सिसिटीभी फुटेज, मृतक अध्ययनरत विद्यालयको प्रिन्सिपल, जापान प्रहरी मृतकको परिवार लगायतका पक्षहरुसँग एनआरएनए जापानका जिम्मेवार पदाधिकारीहरूले विभिन्न चरणमा छलफल गरी घटनाको बारेमा सत्यतथ्य जानकारी मृतकको परिवारलाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

अधिकारीको मृत्यु पश्चात समाचार माध्यम र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका आधारमा घटनाको बारेमा विभिन्न शंका उपशङ्का र आशंका व्यक्त भैरहेका छन् ।

विभिन्न माध्यममा आएका प्रतिक्रियाको कारण मृतकको परिवारले पनि मृत्युको बारेमा सत्यतथ्य प्राप्त गर्ने मनसाय व्यक्त गरेकोले उक्त घटनाको बारेमा गम्भिर अनुसन्धान गरी सत्य तथ्य जानकारी परिवारलाई उपलब्ध गराइदिन आवश्यक कुटनीतिक पहलका लागि दूतावाससमक्षा ज्ञापन पत्र पेश गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.