जन सरोकार

सन्दीपलाई सुनाइयो आठ वर्षको जेल सजाय फैसलाबिरुद्ध उच्च अदालत जाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा आठ वर्षको जेल सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट कैद बाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

यसबीच दोषी ठहर गरेको फैसला बिरुद्ध उच्च अदालत जाने उहाँका कानुन व्यवसायीले बताउनुभएको छ । लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गर्नुभयो ।

अधिवक्ता घिमिरेले सोसम्बन्धी जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरुले भाग लिएको स्पष्ट पार्नुभयो ।

सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको भनाइ रहेको उहाँले बताउनुभयो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.