जन सरोकारस्वास्थ्य

आजदेखि उपत्यकाका विद्यार्थीलाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (पुस २७)देखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । शिक्षा मन्त्रालयले आजैदेखि सम्पूर्ण विद्यालयहरु माघ १५ गतेसम्म विदा दिएको छ ।

मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लिइने थालेको बताउनुभयो ।

उहाँले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताउनुभयो । केही दिन मात्रा ६ लाख ६६ हजार खोपमा प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान सुरु गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उहाँले बताउनुभयो । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.