जन सरोकार

आज रातिदेखि लागू हुने भो कडा नियम (आदेशसहित)

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरिएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएका १८ बुँदे आदेशमा अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ ।

प्रशासनको सूचनामा अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने र कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी मेला कार्यक्रम नगर्नसमेत निर्देशन गरिएको छ ।

त्यसै गरी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ ।

हेर्नुहोस् संयुक्त आदेश

Aadesh 2078-09-27

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.