राजनीति

सरकारमा सहभागी हुने ढाेका खुलेको छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएकाले सरकारमा सहभागी हुने ढोका खोलेको बताउनुभएको छ ।

तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा उहाँले आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको र दलभित्र छलफल गरेर टुङ्ग्याउने बताउनुभएको छ ।

त्यसै गरी अध्यक्ष लिङ्देनले सरकारका प्राथमिकतामा सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ, मलखादको सहज उपलब्धता गर्ने विषय पनि स्वीकार गरेको बताउँदै सरकारमा सहभागी हुनसक्ने बताउनुभएको हो ।

उहाँले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिंदै पृथ्वीजयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभई नेपाली जनताको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.