राजनीति

सञ्चार सचिव राउतको विदाइ, सुवेदीको स्वागत

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा हुनुभएका सचिव कृष्णबहादुर राउतको बिदाइ र सोही मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका रामकृष्ण सुवेदीको स्वागत गरिएको छ ।

सञ्चार सचिव राउतको विदाइ, सुवेदीको स्वागत

मन्त्रालयद्वारा बुधबार आयोजित ‘विदाइ तथा स्वागत’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, सञ्चार र प्रविधिको विकास तथा त्यसको उपयोगबाट अन्य क्षेत्रको विकासमा सहयोग हुनसक्ने बताउँदै सरकार उक्त क्षेत्रको विकासका निम्ति दृढताका साथ लागिपरेको बताउनुभयो । उहाँले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू जुन मन्त्रालयमा भए पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.