क्रिकेटखेल

क्रिकेटर सन्दीप लामिछानेद्वारा राष्ट्रिय टिमबाट अलग भएको घोषणा

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला सुनाएसंगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन् ।

बुधबार  नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र लेख्दै आफू न्याय नपाएसम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् । उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै एक पत्र लेख्दै आफू राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका हुन्  ।

उनले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । त्यस्तै सन्दीपले आफू आर्थिक रुपम समेत कमजोर अवस्थामा रहेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गर्दिन पनि आग्रह गरेका छन् ।

गत १३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै बुधबारका लागि सजायको पेसी तोकेका थिए । न्यायाधीश ढकालको इजलासले बुधबार सन्दीपलाई ८ वर्षको जेल सजायसहित ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो ।

‘हाम्रो राष्ट्रिय टोलीमा क्षमतावान खेलाडीहरू हुनुहुन्छ । विश्वास छ उहाँहरूले मेरो अभाव टिममा हुन दिनु हुने छैन् । म भविष्यमा कहाँ हुन्छु थाहा छैन् । तर म क्रिकेटको नजिक रहने छु, मेरो देश र राष्ट्रका लागि निरन्तर जित अनि फेरी जित र जितले नयाँ इतिहास बन्ने छ’ उनले पत्रमा लेखेका छन् ।

यता अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।

अधिवक्ता घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताएका हुन् ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे ।

सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए ।

लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । यसअघि बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.