क्रिकेटखेल

रन लिने क्रममा ब्याट्सम्यानको पिचमा नै मृत्यु भएपछि…

भारतको नोएडाको भएको क्रिकेट खेलमा क्रिकेट पिचमा ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । साथी ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो । मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए।

ब्याट्सम्यानको पिचमा नै मृत्यु

१४ औं ओभरमा आयो हार्ट अट्याक…के भयो त्यो बेला ?
नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । उमेश कुमार र विकास पिचमा थिए । १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश पुग्नुअघि नै विकास पिचमा खसेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई जीवन बचाउनको लागि सीपीआर दिए । उनलाई केही बेर भुइँमा बस्न लगाइयो । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।

नेगी ७ रनमा ब्याटिङ गर्दै थिए
हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो । उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । दुर्घटनापछि प्रतियोगिता रोकिएको थियो ।

सीपीआर भनेको के हो?
सीपीआर को पूरा रूप कार्डियोपल्मोनरी रिसुसिटेशन हो । यो एक जीवन बचाउने प्रविधि हो, जुन हृदयघात हुँदा प्रयोग गरिन्छ । यदि कुनै व्यक्तिको मुटुको धड्कन बन्द भयो भने, घरबाट अस्पताल जाँदा सीपीआरले जीवन बचाउने काम गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.