राजनीति

रास्वपा जापानका सदस्य सापकोटा निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई जिम्मेवारीबाट हटाइएको छ ।

सापकोटाले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अदालती फैसलाप्रति कटाक्ष गर्दै साममाजिक सञ्जालबाट गौशला २६ (परिवर्तित नाम)को तस्वीर असम्वेदनशील टिप्पणी गरेको भन्दै निलम्बित गरिएको हो ।

पार्टीले सापकोटाले पीडितको तस्वीर प्रयोग गर्दै सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ ।

यसबीच सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

ब्यूरोका एसपी पशुपति रायले यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेहरुको खोजी भइरहेको बताउनुभएको छ ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.