जन सरोकार
गौशाला-२६ द्वारा सापकोटाविरुद्ध साइबर ब्यूरोमा जाहेरी
जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।
गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुन् । काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्