जन सरोकार

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

जिल्ला अदालत, सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेका बम्जनलाई मंगलबार पक्राउ गरिएको थियो

लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

आफूमाथि बम्जनले बलात्कार गरेको भन्दै रौटहटकी एक किशोरीले ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा सार्वजनिक रुपमा खुलासा गरेकी थिइन् ।

लिटिल बुद्धका रुपमा चर्चित रहेका बम्जनबिरुद्ध किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.