जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

बाजुरा, रोल्पा, झापा र मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाजुरा, बुढीनन्दा नगरपालिका-९ अंगाउपानीस्थित सडकमा मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रूपशिला धामीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रोल्पा, त्रिवेणी गाउँपालिका-४ सिमपानीस्थित सडकमा लु.१ च ८६८७ नम्बर पिकअप जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक माडी गाउँपालिका-१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिमपानी बुढागाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ३ जना मध्ये २ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा र १ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ ।

यस्तै झापा, मेचिनगर नगरपालिका-१५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री भारत कुच बिहार पश्चिम बगाल बस्ने २५ वर्षीय अप्पु रायको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त सवारी साधनको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यता मकवानपुर, मनहरी गाउँपालिका-६ डिपार्टस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा कार चालक हेटौंडा उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलाईभ अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.