राजनीति

राष्ट्रिय एकता दिवसमा ग्रेटर नेपालको नक्सा

राष्ट्र निर्माता पृथ्वीनाारायण शाहले ससाना भुरे-टाकुरे राज्यमा विभाजित नेपालको एकीकरण गरी नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका भए पनि अवैध सुगौली सन्धिपछि नेपाले ठूलो भूभभाग गुमाउनुपर्यो ।

यसबीच गुमेको नेपाल फिर्ता गर्ने अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिमतर्फको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपालको नक्सा राखेको थियो ।

ग्रेटर नेपालले पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपतिले पुष्पगुच्छा अर्पण गर्ने औपचारिक कार्यक्रम रहेकाले उहाँको ध्यानाकर्षणका लागि ग्रेटर नेपालको नक्सा राखेको जनाएको छ ।

मोर्चाले विगत डेढ दशकदेखि पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा राख्तै आएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बताउनुभएको छ ।

मोर्चाका अध्यक्ष नेपालले विगत केही वर्षदेखि राष्ट्रपति लगातार पृथ्वी जयन्तीका दिन पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्न आइरहनुभएकाले ग्रेटर नेपालप्रति राष्ट्रप्रमुखको ध्यानाकर्षण होला भनेर पनि त्यहाँ ग्रेटर नेपालको नक्सा राखिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.