राजनीति

संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताउनुभएको छ । बिर्तामोडमा बिहीबार सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिनुभएको बताउनुभयो ।

कांग्रेस महामन्त्री शर्मा

आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ बाट उम्मेदवार बन्नुभएका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गर्नुभएको बताउनुभयो । “उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार बन्नुभएका चम्पादेवी कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.