जापान

जापानमा जन्मदर बढाउन आकर्षक योजना

द्रुतगतिमा घट्दो जन्मदरलाई सम्बोधन गर्न टोकियो महानगर सरकारले बिहीबार नयाँ योजना अघि सारेको छ । दम्पतिलाई दोस्रो बच्चा जन्मलाई प्रोत्साहन दिने स्वरूप टोकियोमा जन्मेका दोस्रो बच्चाहरूको लागि नर्सरीमा बाल हेरचाह सेवाहरू निःशुल्क गर्ने योजना बनाएको हो ।

स्थानीय सरकारले एकभन्दा बढी बच्चा जन्माउने परिवारलाई प्रोत्साहन उपलब्ध गराउने लक्ष्य राखेकोले यो सेवा शुन्य देखि २ वर्षका बीचका बच्चाहरुको लागि लागू हुनेछ ।

टोकियो सरकारले भविष्यको गर्भधारणका लागि स्वस्थ महिलाहरूलाई उनीहरूको उमेर र उद्देश्य हेरेर अध्ययनमा भाग लिने सर्तमा अनुदान दिने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.