प्रबास

फेसबुक अभियानमार्फत क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको रु दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

मेटा

क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिनुभयो ।

फेसुबक अभियानबाट अमेरिकामा रकम जुटाएको रकम जनज्योति माध्यिमक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरपीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उहाँले बताउनुभयो ।

दश वर्षअघि फेरिएको मिर्गाैलाले काम नगर्ने भएपछि पुनःमिर्गाैला फेर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए ।

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नुभएका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । क्यान्सरपीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.