कास्की पोखरा समाज जापानको छैठौ अधिवेशन फेब्रुअरी ९ मा, स्मारिका सार्वजनिक गर्ने तयारी
कास्की पोखरा समाज जापानले आगामी फेब्रुअरी ९ मा आफ्नो छैठौ अधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।
जापानमा बसोबास गर्ने कास्की र पोखराका नेपालीहरूको प्रिय संस्था कास्की पोखरा समाजले यस अवसरमा आफ्नो स्थापनाकाल देखीको यात्रा समेट्ने एक विशेष स्मारिका पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।
समाजका क्रियाशील सदस्यहरूको अथक परिश्रम र समर्पणले जापानमा रहेका कास्की र पोखराका नेपालीहरूलाई एक साझा मञ्चमा जोड्ने काम गरेको छ । यस अधिवेशनमा समाजका पुराना सदस्यहरूको योगदान र नयाँ सोचको स्वागत गर्ने अवसर हुनेछ, साथै आगामी वर्षहरूमा समाजलाई अझै बलियो बनाउने योजनाहरूको छलफल पनि गरिनेछ ।
कास्की पोखरा समाज जापानका ऐतिहासिक क्षण, सदस्यहरूको योगदान र जापानमा बसेर नेपाल र नेपाली संस्कृति जोगाउने विभिन्न प्रयासहरूको समावेश स्मारिकामा हुनेछ । समाजका सबै सदस्यलाई यस कार्यक्रममा सहभागी हुन र समाजको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरिएको अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए ।
कास्की पोखरा समाज जापानको यो अधिवेशन नेपाली समुदायको एकता र सहकार्यको प्रतिक बन्ने विश्वास समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्