भोटेकोशीमा निरन्तर सुख्खा पहिरो- बस्ती र हाइड्रोपावरमा क्षति
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निरन्तर आईरहेको सुख्खा पहिरोले मानव बस्ती र सो ठाँउमा रहेको ३ मेघावाटको भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको छ । सो गाउँपालिका २ मा रहेको दुधिलोडाँडा खसेर पहिरो आएपछि सो हाइड्रोपावरमा क्षति पुगेको छ ।
पहिरो आएपछि कर्मचारी भागेर ज्यान जोगाएका थिए । पहिरोले हाइड्रो र मानवबस्ती खतरामा परेको छ । हाइड्रोका इन्जिनियर तथा साइट इन्र्चाज पुष्पराज डाँगीका अनुसार हेडर्वक्स, डेसन्डर, क्यानल, स्टाफ क्वाटर, एक स्काभेटर लगायतको भौतिक संरचना पुरेको छ । साथै मेशिन औजारमा क्षति पुगेको छ ।
सुख्खा पहिरो निरन्तर झरिरहेकाले बस्ती र हाइड्रोलाई पुन क्षति पुग्ने खतरा रहेको छ । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलका अनुसार पहिरोका कारण हाइड्रोका सम्पूर्ण काम बन्द भएको छ । पहिरो सोमबार दिउँसो दुई बजेबाट झरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुख्खा पहिरोका कारण भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको र एक किलोमिटर तल रहेको मानव बस्ती खतरामा रहेको जानकारी दिनु भएको छ । उहाँका अनुसार पहिरोबाट थप क्षति हुन नदिन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्