कला/मनोरन्जनकलिउड

चलचित्रको सुटिङका दृश्य खिचेर युट्युबमा राख्नेलाई क्षतिपूर्ति तिराउने तयारी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रमले निर्माताहरुलाई मर्का परेको बताउनुभएको छ ।

चलचित्र अभिनेता, निर्माता तथा निर्देशक समेत रहनुभएका अध्यक्ष केसीले युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई मर्का परेको बताउँदै त्यसलाई रोक्न कानुन बनाउन लागेको पनि बतमउनु भएको छ ।

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको जानकारी दिनुभएको हो ।

उहाँले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताउँदै स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको पनि बताउनु भयो ।

सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले नेपाली चलचित्र किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभयो ।

डा. अर्यालले दर्शकका चाहना पूरा गर्न नेपाली फिल्म किन असक्षम भइरहेका छन् भन्ने बारेमा गम्भीर छलफल र समीक्षा गर्न चलचित्रकर्मीलाई आग्रह गर्दै चलचित्र प्रदर्शनी गर्दा पनि कसरी चलचित्र चलाउन सकिन्छ ? कसरी दर्शकको मन जित्न सकिन्छ भन्ने कुराको विचार गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले विदेशी फिल्मको दबदबा रोक्नुपर्छ भन्दै गर्दा दर्शकले रुचाउने र चाहने कुराको परिपूर्ति गर्न नेपाली फिल्म किन असक्षम छन् भन्ने बारेमा चलचित्रकर्मीले पहिलो ध्यान दिनु आजश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.