जापान
फुकुसिमा समुन्द्रमा प्रशोधित पानी छाडिने
झण्डै दुई वर्ष अघि फुकुसिमा नम्बर १ आणविक उर्जा केन्द्रबाट प्रशोधित पानीलाई समुन्द्रमा छोड्ने योजना बनाएको जापानले यसको सुरुवात गर्ने जनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले फुकुसिमा नम्बर १ आणविक उर्जा केन्द्रबाट निस्केको प्रशोधित पानी यसै वसन्त वा गर्मीको आसपास सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदूषित पानीका कारण प्रभावित माछा मार्ने समुदायका लागि आर्थिक सहायता र ट्रिटियमको न्यून स्तर भएको प्रशोधित पानीको व्यवस्थापन सम्बन्धी संशोधित नीतिलाई अनुमोदन गरेसंगै पानी छाड्नृ याृजनना बनाएको हो ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बैठकमा माछा मार्ने समुदायहरू र अन्य सम्बन्धित पक्षहरूको चिन्ता सुनेर यसको समाधानका उपायबारे काम गर्न चाहेको बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्