जापान

टोकियोमा जापानको परम्परागत रंगकला प्रयोग भएका साडी प्रदर्शन

दक्षिण एसियामा निकै लोकप्रिय रहेको साडीका पारखीहरुलाई जापानमा उच्च गुणस्तरको साडी उत्पादन हुन्छ भन्ने पक्कै थाहा होला, काठमाडौंका बजारमा पनि जापानी साडी भनेर विक्री भैरहेका हुन्छन् ।

जापानीहरु साडी प्रयोग नगर्ने भए पनि त्यहाँका कपडा उत्पादकहरुले भने साडी उत्पादन गर्ने गरेका छन् यसै क्रममा जापानको प्राचीन राजधानी क्योटोका पोशाक निर्माताहरूले जापानको परम्परागत रंगाई विधि प्रयोग गरी तयार गरिएका साडी प्रदर्शनको आयोजना गरेका छन् ।

क्योटोको क्यो युजेन कपडा उत्पादक संघले राजधानी टोकियोको प्रसिद्ध क्षेत्र शिबुयामा जापानी परम्परागत रंगकलाको संरक्षण र भारतको उदीयमान बजारमा प्रवेश गर्ने उद्देश्यले साडी प्रदर्शनी सुरु भएको हो ।

टोकियोमा जारी प्रदर्शनीले जापानी भारतीयलाई दुई प्राचिन सभ्यताको भेटघाटको अनुभव र अनुभूति गराउन प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । टोकियोको शिबुयामा सुरु भएको तीन दिने प्रदर्शनी जनवरी १५ सम्म चल्नेछ ।

संघका कार्यकारी प्रमुख ताकेहाना सुसुमुले परम्परागत क्यो–युजेन डाइङ प्रविधिमा बनेको कपडाको बजार विगत केही वर्षयता निकै घटेको बताउँदै यसको प्रबद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार क्यो–युजेन डाइङ प्रविधिमा बनेको कपडाको ५० वर्षअघिको तुलनामा अहिले १ प्रतिशत मात्रै छ । गत महिना भारतको बैंगलोरमा भएको प्रदर्शनीमा उत्साहजनक प्रतिक्रिया पाएको उहाँले बताउनुभयो ।

ताकेहाना भन्नुहुन्छ, “परम्परागत जापानी विधि प्रयोग गरेर साडी बाहेक अन्य लोकप्रिय भारतीय कपडाहरू बनाउने प्रयास भइरहेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.