राजनीति

जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्छ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस बैतडीले शनिबार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा मन्त्री साउदले भन्नुभयो, “जनताले अमूल्य मत दिएर जिताएकाले सो योगदान भुल्न हुँदैन, मतदाताले हामीलाई ठूलो जिम्मेवारी दिनुभएको छ । त्यसैले जनमतको कदर गर्दै काम गर्नुपर्छ ।”जनताले सुम्पिएको जिम्मेवारी उनीहरूको हक, अधिकारका लागि समर्पित गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द, पदाधिकारी तथा सदस्य, प्रदेशसभा, नगर, गाउँ, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.