विश्व समाचार

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गर्नु भएको छ । सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गर्नुभएको छ ।

महासचिव गुटेरेस

“महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गर्नु भएको छ,” महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ। उहाँले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तरराष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराउनु भएको छ । गुटेरेसले “आतङ्कवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन” रहेको उल्लेख गर्नु भएको छ।

उहाँले सोमालियालाई “स्थिर, सुरक्षित र समृद्ध देश” बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ । अल-शबाब अतिवादी समूहले यहाँ प्रायः दैनिक आक्रमण गर्ने गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.