जापान

टोकियोबाट एक नेपाली विद्यार्थी वेपत्ता, खोजीका लागि परिवारको आग्रह

डेढ वर्षअघि अध्ययनका लागि जापान आएका काठमाडौंको कीर्तिपुर निवासी सुशान्त अधिकारी विगत नौ दिनदेखि वेपत्ता भएका छन् ।

कीर्तिपुर नगरपालिका घर भइ सन २०२२ को जुलाईमा विद्यार्थी भिसामा जापान आएका २० वर्षीय अधिकारी यही जनवरी ५ तारिख, शनिबार विहानदेखि सम्पर्क बिहिन भएको नीजको जापानमा रहेका काका सुवास अधिकारीले जानकारी गराएका हुन् ।

सुरुमा आईची प्रिफेक्चरस्थित आईसी नागोया नामक भाषा स्कूलमा आएका सुशान्त त्यसको एक वर्षपछि टोकियोको सिन्जुकु वार्डमा अवस्थिति मिदोरिम जापानी भाषा स्कूलमा स्थानान्तरण भएका थिए।

जानकारी अनुसार, कलिलो उमेरका सुशान्त नागोयामा रहँदा एक्लोपन तथा होम सिकका कारण बिरामी परेपछि टोकियोमा रहेका उनका काका सुवास अधिकारीले अघिल्लो वर्षको जुलाईबाट सिन्जुकु वार्डको सिनओकुबोमा रहेको स्कुलमा स्थानान्तरण गराएर आफुसंगै राख्दै आएका थिए। टोकियोमा आए पश्चात सामन्य नै रहेका सुशान्त यहि जनवरी ५ तारिख बिहान ८ बजेतिरबाट सम्पर्क बिहिन भएका हुन् ।

जापान प्रहरी तथा नेपाली दुतावास टोकियो लगायतका निकायमा आवश्यक औपचारिक प्रकृयाहरु गरिसक्दा पनि केही पत्तो नलागेपछि सुशान्तको खोजीमा सघाउन संचारमाध्यमलाई अनुरोध गरेका हुन् ।

सुशान्तका काका सुवासले उनलाई कसैले कहीं कतै देख्नुभएमा सुवास अधिकारीको सम्पर्क नम्बर ०८०-४००१-१२७१ (080-4001-1271) मा सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.