राजनीति

जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेकाले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उहाँले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताउनुभयो ।

“राजनीतिक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन” ।

नेता सिंहले भन्नुभयो, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् ।”

नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उहाँको भनाइ थियो । इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनैपनि राजनीाितक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताउनुभयो ।

“नेपाली कांग्रेसलाई देशकै ठूलो पार्टीको रुपमा स्थापित गर्न युवा तथा निष्ठावान नेताको खोजी गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भई यो व्यवस्थालाई मजबुद बनाउनु पर्दछ ।”

कांग्रेसलाई बलियो बनाउन विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै सङ्गठन पनि सोहीअनुसार विस्तार गर्नुपर्नेमा नेता सिंहले जोड दिनुभयो ।

प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन राजनीतिक दल जनताप्रति इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.