जापान

आबेको हत्याराविरुद्ध मुद्दा दायर

जापानका पूर्वाप्रधन्मंत्री सिन्जो आबेको गोली हानी हत्या गर्ने यामागामी तेत्सु विरुद्ध मुद्दा दायर गरिएको छ । गत जुलाईमा पश्चिमी जापानको नारा प्रान्तमा चुनावी भाषणका क्रममा आबेलाई गोली हानी हत्या गरिएको थियो ।

हत्यारा तेत्सुलाई घटना लगत्तै पक्राउ गरिएको थियो । उनले आबेको यूनिफिकेशन चर्चको रुपमा चिनिने लोकप्रिय धार्मिक समूहसँग घनिष्ठ सम्बन्ध रहेको र उनले आफ्नो आमाले उक्त समूहलाई ठूलो रकम दाङ गरेर परिवारलाई संकटमा परेको बताउँदै आएका छन् ।

अभियोजकहरुले यामागामी मानसिक रुपमा स्वस्थ रहेको र मनोचिकिस्ता परिक्षण पश्चात उनीमाथि मुद्दा चलाउन सकिने निष्कर्ष निकालेको थियो । उनीमाथि हतियार नियन्त्रण कानून उल्लंघन गरेको अभियोग पनि लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.