जन सरोकार

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।

दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत रहिसकेका साजन रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर पाँच दिन अघिप्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले जर्मनीमा रहेका उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए ।

कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेका छन् । गुरुङको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.