सात दलको साझा धारणा : सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारी जोगाउनमा केन्द्रित
प्रतिनिधिसभाका विपक्षी सात दलले वर्तमान सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारी जोगाउन केन्द्रित भएको निष्कर्ष निकाल्दै भूमाफिया फाइदा दिन अध्यादेश ल्याइएको आरोप पनि लगाएको छ ।
सात दलले वर्तमान वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्द गर्न थालेको र सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको समेत बताएको छ ।
सात दलले देश र जनताको हित प्रतिकूल सरकारका निरङ्कुश गतिविधिका कारण आम जनतामा राज्य र सरकार प्रति चरम निराशा उत्पन्न भइरहेको र सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरुद्ध गरेको उल्लेख गरेका छन् ।
विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि विगतको सरकारले अगाडि अनुसन्धान अगाडि बढाएका भ्रष्टाचारका विभिन्न काण्डका फाइल बन्द गरेको समेत बताएका छन् ।
साझा धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ति बाचन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो, “विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल प्रचण्डले सरकारले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको आरोप लगाउँदै भन्नुभयो, “सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ । त्यसैले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको हो ।”
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ । सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सरकारबारे साझा धारणा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्