जापानमा कुनै पनि समय विनाशकारी भूकम्प जान सक्ने
विश्वमै सबैभन्दा बढी भूकम्प र ज्वालामुखी जाने देश जापानका भूगर्वविदले भूकम्पीय गतिविधिहरु बढेको भन्दै त्यहाँ कुनै पनि समय विनाशकारी भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।
विज्ञहरूले जापानमा ३१ वटा फल्ट जोन सक्रिय भएकाले ३० वर्षभित्र कुनै पनि समयमा भूकम्प जान सक्ने बताएका हुन् ।
सक्रिय जोनका कारण हान्सिन आवाजको महाभूकम्प आउनुअघि नै सोभन्दा बढी म्याग्निच्युडको शक्तिशाली भूकम्प जाने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका हुन् ।
१७ जनवरी, १९९५ मा पश्चिमी प्रिफेक्चर ह्योगो र वरपर भूकम्प गएको थियो । सरकारले २० किलोमिटरभन्दा बढी सक्रिय फल्ट जोनको अध्ययन गरेको छ र भूकम्प आएमा विनाशकारी साबित हुन सक्ने विज्ञहरुको भनाइ छ ।
सरकारको गणना अनुसार सक्रिय फल्ट जोनका कारण आगामी ३० वर्षभित्र ठूलो भूकम्प जाने सम्भावनालाई चार वर्गमा विभाजन गरिएको छ । ठूलो भूकम्पको ३ प्रतिशत वा उच्च सम्भाव्यता भएका सक्रिय फल्ट जोनका क्षेत्रहरूलाई ‘एस’को उच्चतम रेटिङ दिइएको छ ।
१९९५ को भूकम्प भन्दा पहिले, सम्भावना ०.०२ देखि ८ प्रतिशत सम्म थियो, जसलाई ‘एस’ दर्जा दिइएको थियो । यस वर्षको जनवरी १ सम्म, ११४ प्रमुख सक्रिय भूकम्पिय गतिविधि र क्षेत्रहरु मध्ये ३१ वटालाई यस श्रेणीमा राखिएको छ।
इतोइगावा-शिजुओका-कोजोसेन फल्ट जोनका केही भागहरू सहित जापानको केन्द्रमा रहेका आठवटा फल्ट जोनहरूमा भूकम्पको सम्भावना ८ प्रतिशतभन्दा बढी छ । यसले ठूलो भूकम्पको सम्भाव्यता सन् १९९५ विपद् अघिकोभन्दा बढी हुन सक्ने संकेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्