राजनीति
बारको आन्दोलन भर्चुअलरूपमा हुने
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले कोरोना भाइरस सङ्क्रमणको जाेखिमका कारण ‘भर्चुअल’ रूपमा आन्दोलन गर्ने भएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ ।
बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्