जापान

जापानद्वारा विश्वव्यापी कृषि सम्पदा प्रणालीको लागि नयाँ स्थान चयन

जापानले संयुक्त राष्ट्रसंघको विश्वव्यापी कृषि सम्पदा प्रणालीको महत्वको लागि नयाँ स्थान चयन गरेको छ। यो प्रणलीले पारिस्थितिकी प्रणालीको संरक्षणसंगै परम्परागत तर नवीन खेतीमा संलग्न ग्रामीण क्षेत्रहरूलाई मान्यता दिनेछ ।

संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनको यो कार्यक्रमका लागि जापानका १३ स्थलसंगै विश्वका २३ देशका ७२ क्षेत्रलाई सामेल गरिएको छ । जापानको कृषि मन्त्रालयले यस विषयमा विज्ञहरूसँग मिलेर वाकायामा प्रान्तको एरिडा र शिमोत्सुमा अमिलो फलको खेती गर्ने योजना बनाएको बताएको छ ।

यो क्षेत्र १७ औं शताब्दीको सुरुदेखि नै अमिलो फलफूलको उत्पादकको रूपमा विकसित भएको छ जसलाई ‘उन्शु मिकन’ भनिन्छ । किसानले फललाई ठूला रुखबाट सहारा मिल्ने भन्दै पहाडको भिरालो क्षेत्रमा ढुंगा लगाएर सिँढीजस्तो प्रणाली बनाएका छन् ।

कृषि मन्त्रालयले यसै वर्ष आधिकारिक आवेदन पठाउने योजना बनाएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.