खेलफूटबल

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।

बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क केस्सीको नाममा समान १-१ गोल रह्यो खेलको ४१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

बार्सिलोना

यस्तै खेलको ७० औं मिनेटमा अन्सु फातीले गोल मार्फत बार्सिलोना ३-० ले अघि रह्यो । खेलको ७७ औं मिनेटमा फ्रान्क केस्सीको गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५-० को सहज जित दिलाए ।

त्यसैगरी रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको चौंथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्ला रियलको अग्रता दोब्बर बनाए ।

रियल मड्रिड

तर दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरतो । खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई २-१ को स्थितिमा ल्याए । त्यस्तै ६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३-२ को साँघुरिलो जित दिलाए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.