राजनीति

माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय

विपक्षी दलहरुले सरकारले संसद नबोलाएर अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै बिरोध गरिरहेका बेला सरकारले यही माग १८ गते अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसंग सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.